• आहा रारा गोल्ड कपबाट १ लाख ४९ हजार बचत

    August 3, 2019     1:57 pm

    पोखरा १८, साउन । सहारा क्लबले सञ्चालन गरेकाे १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ । गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट उक्त रकम बचत भएको शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा सहारा क्लब पोखराले जनाएको हो ।

    बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम हो । अघिल्लो बर्ष १६ औं आहा रारा गोल्ड कपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको थियो । आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लवले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।
    यस बर्ष पोखरा रंगशालामा बिना प्यारापिट प्रतियोगिता संचालन भएको हुदा कम दर्शक भित्रिदा आम्दानी निकै कम भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा आहा राराको बचत रकमले खर्च गर्दै आएको क्लवले यस बर्ष बाट भने सहारा एकेडेमी अक्षयकोषको रकम प्रयोग गर्ने भएको छ । उक्त कोषमा हालसम्म करिब एक करोड २० लाख भन्दा बढी रकम संकलन भएको उनले जनाए । उक्त रकमबाट संकलन भएको व्याजको पैसा एकेडेमीमा खर्चिने क्लवले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।