• नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने

    August 1, 2019     10:59 pm

    काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिए । निगमले नारिता विमानस्थलमा दुई वटामात्र चार्टर्र्ड उडान अनुमति पाइएको बताइएको छ । वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ ।

    निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ । यो गन्तव्यमा सातामा तीन दिन उडान गर्ने निगमको योजना छ । नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ । नारिता जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार मानिन्छ । ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ ।

    निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।