• पोखराका म्यानपावरमा धमाधम सिलवन्दी, शाखाको अनुमति प्राप्त ३ मात्र

    August 1, 2019     10:44 pm

    पोखरा साउन १५ । सरकारले म्यानपावरका सबै एजेण्ट खारेज गरे संगै अनुमति विना पोखरामा सञ्चालनमा आएका एजेण्ट कार्यलयहरुमा शिलवन्दी गरेकोे छ । सोमवार पोखराको सिर्जनाचोकमा अवैधरुपमा सञ्चालनमा ल्याइएको मेनपावर कम्पनीमा सिलबन्दी गरिएको थियो । वैदेशिक रोजगार विभागबाट अनुमति पत्र नलिई सञ्चालनमा रहेको आयुष इन्टरनेसन ओभरसिज सर्भिस प्रालिमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको हो । कार्यालय प्रमुख गणेशप्रसाद श्रेष्ठ र कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठसहितको टोलीले मेनपावर सिलबन्दी गरेर कारवाही थालेको हो । एउटा कोठा भाडामा लिई, बोर्ड नराखी, फोन सम्पर्क मार्फत लुकीछिपी काम गर्दै आइरहेको सूचनाका आधारमा आफूहरुले कारवाही थालेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
    सेवाग्राहीले दिएको गोप्य सूचनाका आधारमा श्रम कार्यालयले अनुसन्धान गरेको थियो । कम्पनी सिल गरी डेल कम्पनीको ल्यापटप १, मोबाइल १, फाइल, सम्पर्क नम्बर, रसिद तथा फारम बरामद गरिएको श्रम कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए । यस्तै पोखरा नागढुङगामा रहेको पाल्ही ओभरसिज प्रा.लि.मा पनि शिलवन्दी गरिएको छ । केही कोठा भाडामा लिइ अनुमति विना संचालनमा रहेकोमा श्रम तथा रोजगार कार्यलय पोखरा र जिल्ला प्रशासन कार्यलय कास्कीवाट निरिक्षण भई कार्यलयमा प्रयोाग भएका केही सामानहरु अनुसन्धानका लागी वरामद गरेको छ ।
    मौखिक उजुरीका आधारमा बुधवार श्रम तथा रोजगार कार्यलयले जिल्ला प्रशाषन कार्यलयको समन्वयमा उक्त प्रालिमा सिलवन्दी गरेको हो । कार्यलयबाट एकथान ल्यापटप, तीन थान डेक्सटप, एक थान डिभिआर र विभिन्न वैक तथा सहकारीमा भएका खाताका चार थान चेक सँगै प्रन्ध थान चापी अनुसन्धानका लागी वरामद गरिएको श्रम तथा रोजगार कार्यलय पोखराका छन्दनारायण श्रेष्ठले वताए ।
    श्रम ऐन २०६४ अन्र्तगत रहेर श्रम मन्त्रालय अन्र्तगत श्रम विभागको निर्णय अनुसार वैदेशिक रोजगार विभागले नेपालमा रहेका म्यानपावर कम्पनीहरुलाई रु दूई लाख धरौटी राखेर आवश्यकता अनुसार एजेन्ट नियुक्ती गर्ने अनुमति दिएकोमा २०७६ जेठ २३ गते एजेन्ट खारेज गर्ने वैदेशिक रोजगार विभागको निर्णय सँगै सम्पूर्ण एजेन्ट कार्यलयहरु अवैध बन्न पुगेको होे । विभागले एजेन्ट खारेज गरी शाखा खोल्ने निर्णय गरेतापनि नियमावलीको अभावमा शाखा कार्यलय खोल्न नसकेको उनीहरुको भनाइ रहेको छ । सरकारले एजेन्ट कार्यलयहरुलाई स्वीकृति दिई शाखा कार्यलय खोल्न अनुमती नदिदा एजेन्ट कार्यलयहरुलाईनै शाखा कार्यलयको रुपमा चलाउनुपर्ने वाध्यात्मक परिस्थिती सिर्जना भएको वताउँछन् ।
    पोखरामा हाल ३ वटा मात्रै शाखा सञ्चालन इजाजत प्राप्त म्यानपावर कम्पनी सञ्चालनमा रहेका छन् । जसमा द रिभर ओरसिज, पुकार इन्टरनेशनल ओभरसिज र गल्फ होराइजन इन्टरनेशनल आइ.एन.सी प्रा.लि. रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।