• आजकाे राशिफल । २०७६ श्रावण १६ विहिवार

    July 31, 2019     11:22 pm

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । ।।।।। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । ।।।।।।।।।।।।।।।।।।।।।।।।।।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति÷प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके÷ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । ।।।।।।।।।।।।।।।।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा नै हुँदैन, तर आफूले तल्लीनतापूर्वक कामको निगरानी गर्नु राम्रो हो । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन् । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन । ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। ।।। ।।।।।। ।धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । ।।।।।।।।।।।।।।।मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।।।।।।।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । ।।।।।।।।।। ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।