• पोखरा विमानस्थलको रन वे एक महिना भित्र सकिने, निमार्ण कार्य ३० प्रतिशत सकियो

    March 17, 2019     9:03 pm

    पोखरा ३, चैत

    पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थलको निमार्ण कार्य करिब ३० प्रतिशत सकिएको छ । ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनाका प्रमुख विनेस मुनाकर्मीले बताए ।
    असार मसान्त भित्र ३५ प्रतिशत निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि उक्त समय सिमा भित्र समयले साथ दिएमा ४० प्रतिशत निमार्ण कार्य सम्पन्न गर्न सकिने उनले दावी गरे । परियोजनाका लागि १४ वटा भवन निमार्ण हुनेछ । हालसम्म ५ वटा भवन निमार्ण सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेशन, सेन्ट्रल वस स्टेशन र स्पेशल भिएकल ग्यारेज निमार्ण भएका हुन्।

    विमानस्थलमा माटो कटान तर्फ ७० प्रतिशत, रन वे मिलाउने काम ७० प्रतिशत सकिएको छ । रन वेको काम करिब एक महिना भित्र पुरा हुने बताइएको छ । सन् २०१९ भित्रमा उक्त परियोजानको ६० प्रतिशत काम सक्ने गरी हाल दैनिक ४ सय ५० जनाले काम गर्दै आएका छन् । सन् २०२० मा मात्र ४० प्रतिशत काम बाँकी रहने भएको आयोजनका प्रमुख मुनाकर्मीको भनाई छ ।
    ५ प्रतिशत जग्गाको मुआब्जा लिन नआएको ले बाँकी भएको उनले बताए । ९५ प्रतिशत जग्गा अधिग्रहण गर्ने काम सकिएको छ । केही विदेश त केहिले मुआब्जानै लिन नआएकोले बाँकी रहेको उनले जिकिर छ । रनवेको छेउ छाउमा माटो भर्ने काम भईरहेको छ ।

    जहाज वे देखाउनको लागि दक्षिण तर्फ ६० रोपनी जग्गा आवश्यक भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । दिर्घकालिन योजनालाई मध्यनजर गर्दै अन्तर्राट्रिय स्तरकै विमानस्थल निमार्णको लागि ह्याङगर सहितको संरचनाको लागि केही जग्गा आवश्यक हुने उनको भनाइ छ । ईन्धन डिपोको लागि थप ३० रोपनी जग्गा आवश्यक देखिएको छ । रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानिय सरोकार निकायसंग समन्वय गरी २४ मिटर डाँडा कटान गरिने छ । उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान गर्न लागिएको हो ।
    पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गरिने छ । हाल ट्रयाक निमार्ण गरेकोले आगामी एक बर्ष भित्र रिङरोड बनाउने उनले जनाए ।

    पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण सुरु भएको हो । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।
    चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले नेपाल सरकारले तोकेको समय सिमा भन्दा २÷४ महिना अघि उक्त योजना सक्ने गरी निमार्ण कार्य तिव्र पारिएको दाबी गरे । सवै तहका सरकार, स्थानिय र सरोकारवाला निकायको यसै गरी साथ र सहयोग पाएको खण्डमा आफुहरुले सन् २०२० भित्रै उक्त परियोजना सक्ने योजना रहेको उनले बताए ।
    २०७२ वैशाख एक गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विमानस्थलको शिलन्यास गरेसंगै एक बर्ष ऋण सम्झौता गर्न प्राबिधिक कारणले गर्दा ढिलाई भए पनि अन्ततः २०७४ साल देखि पोखरा विमानस्थलको निमार्ण कार्यले गति लिएको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।