• गाउँपालिकाका प्रधानध्यापकहरुका लागि समावेशी शिक्षा तालिम

    July 31, 2019     10:08 pm


    पोखरा १५ साउन।कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रधानअध्यापकहरुलाई समावेशी शिक्षाको तालिम प्रदान गरिएको छ । स्वाबलम्बन जीवन पद्धति केन्द्रको आयोजनामा सञ्चालित दुई दिने तालिममा समावेशी शिक्षा कार्यान्वयनकालागि आवश्यक छलफल गरिएको छ । तालिममा अन्नपूर्ण गाऊँ पालिकाका प्रमुख युवराज कुँवरले अपाङ्गता परिचय पत्र वितरणमा कानुनी प्रावधानहरु नै बाँझिएको देखिएकाले केहि समस्याहरु आएको बताउनुभयो ।

    “परिचयपत्र वितरण प्रक्रियाका धेरै समस्या वा असमजस्यता पैदा गरिदिएको छ” कुँवरले भन्नुभयो– “परिचय पत्र वितरण प्रणाली चुस्त र व्यवस्थीत र एकरुपता कायम गराउनको लागि अपाङ्गताका क्षेत्रमा क्रियाशिल संघसंस्थालाई स्पष्ट मार्गनिर्देशनको आधार तयार गर्नुहोस्” जिल्ला शिक्षा समन्वय ईकाई कास्कीका प्रमुख एवं कार्यक्रमका अध्यक्ष नारायण सुवेदी “अपांगता भएका बालबालिकालाई समावेशी शिक्षा कसरी गराउने भन्ने विषयमा तालिमले धेरै हदसम्म आधारहरु प्रदान गरेको बताउनुभयो । उहाँले सिकेको सीपलाई सार्थकता दिनको लागि प्रअहरुलाई आफैंबाट परिवर्तन हुँदै नजिता उन्मुखमा जोड दिन आग्रह गर्नुभयो । पुँजी भन्दा पहिला सकारात्मक मानसिकता इच्छाशक्तिको खाँचो हुने उहाँकोे भनाई थियो ।
    तालिममा स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष हेम गुरुङले परम्परावादी सोच र मानसिकताले नै अपाङ्गताको क्षेत्रमा काम गर्न गाह्रो भईरहेकोले यसलार्ई तोड्न सामुहिक ऐक्वद्धताको खाँचो रहेको बताउनुभयो । अपाङ्गता भएका वालबालिकालाई विद्यालयमा भर्ना गर्न र पढ्ने वातावरण निर्माण गर्न उहाँले सरोकारवालालाई आग्रह गर्नुभयो ।


    तालिममा अन्नपूर्ण गाउँपालिकाका शिक्षा प्रमुख बलराम भूवाई, स्वालम्वन जीवन पद्धति केन्द्रका महासचिव अन्जना के सी, ह्यूम्यानिटी एण्ड इन्क्लयूजनका समावेशी शिक्षा अधिकृत धनबहादुर राई सबैका लागि पढाई कार्यक्रमका समावेशी शिक्षा अधिकृत लोकबहादुर गुरुङ्गले समावेशी शिक्षाका विविधि विषय माथि सहजीकरण गर्नुभएको थियो ।
    तालिममा नागडाँडा, विरेँठाटी, लगायत ४ वटा केन्द्र अन्तर्गतका विद्यालयका प्रधानध्यापकहरुको सहभागिता रहेको थियो । तालिमले बालबालिकामा भएको प्रारम्भिक लक्षणको पहिचान गर्ने गराउने वातावरण निर्माण गर्दै कम्ती त्यस्ता बालबालिकालाई विद्यालयमा ल्याउन सहज वातारवरण बनाउा आफुहरुले सकारात्मक भुमिका खेल्ने सहभागिहरुले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।