• संजिवनी सिस्टर्स नेपालद्वारा सुझाव संकलन

    July 31, 2019     10:02 pm

    पोखरा १५ साउन।संजिवनी सिस्टर्स नेपालले बुधवार पोखरामा परिचय तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।“छोरी बुहारीलाइ पढाऔं, उज्वल भविष्य बनाऔं” मुल नाराका साथ स्थापनाको तयारीमा रहेको संजिवनी सिस्टर्स नेपालले संस्थापक सदस्यहरुको परिचय तथा पोखरामा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको हो।

    कार्यक्रममा प्रस्तावित संस्था संजिवनी सिस्टर्स नेपालकी तदर्थ समिति अध्यक्ष बीना गुरुङले संस्थाको अवधारणागत जानकारी दिनुहुदै संजिवनीले असहाय, अपहेलना, दुर्गम क्षेत्र र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको बालिका, छोरी चेली, बुहारीको शैक्षिक पुर्नजिवन दिने बताउनुभयो। संजिवनी “छोरी बुहारीलाई पठाऔं, उज्वल भविष्य बनाऔं”मुल नाराका साथ सेवा जुट्ने संस्था हुने दावी गर्नुहुदै असहाय, अपहेलित र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको बालिका, छोरी चेली, बुहारीलाइ शिक्षाको अवसर प्रदान गर्न केयर होम स्थापनाको लक्ष्य समेत रहेको उहाँले बताउनुभयो। विश्वमा अहिले पनि ६२ करोड महिला अशिक्षित र नेपालमा करिब ५६ प्रतिशत महिला असाक्षर रहेको तथ्यांकले देखाइरहेको अवस्थामा संजिवनी सिस्टर्स नेपाल स्थापना गरी अवसरबाट बञ्चित छोरी, बुहारीलाई शिक्षित गर्ने संस्थागत पहल गरिने अध्यक्ष गुरुङले बताउनुभयो। सुसभ्य समाज निर्माण तथा विकासका लागि छोरी चेली शिक्षित हुनुपर्दछ उहाँको भनाई थियो।

    समाजमा केही न केही योगदान पु¥याउदै आएका हामी दिदिबहिनीहरु मिलेर संस्था स्थापनाको पहल गरिरहेका छौं, संजिवनी सञ्चालनका लागि धेरै कठिनाई, समस्या र दुःखकष्ट भए पनि अवसरबाट बञ्चित भएका छोरी चेली, बुहारीलाई शिक्षा प्रदान गर्न पाए आत्मसन्तुष्टिले आफुहरु आनन्दित बन्ने उहाँको भनाई थियो।संस्था विधिवत स्थापनाको तयारी भईरहेको छ भन्नुहुदै अध्यक्ष बीना गुरुङले साधारण सदस्यका लागि २५ हजार, अक्षयकोषदाता सदस्यका लागि १ लाख र मानार्थ सदस्यका लागि १० लाख वा भन्दा बढी आर्थिक÷भौतिक सहयोग गर्नुपर्ने प्रावधान राख्ने बताउनुभयो।संजिवनी सिस्टर्स नेपालको तदर्थ समितिको अध्यक्ष बीना गुरुङ, उपाध्यक्षमा हिरादेवी गुरुङ, सचिवमा कौशिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सदस्य गिता भट्टराई, दिलमाया प्रजापती, बिन्दुमाया गुरुङ, कमला गुरुङ(हङकङ), कमला शर्मा, काशीमाया गुरुङ(अमेरिका) र यमकुमारी गुरुङ(बेल्जियम)रहनु भएको उहाँले बताउनुभयो।

    कार्यक्रममा संस्था स्थापना र सञ्चालनका बारे कानुनी विषयमा तमु धिं नेपालकी सचिव तथा कानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ जानकारी गराउनु हुदै दिदिबहिनीहरुले राम्रो कामका लागि चालेको पाइला सफल हुने विश्वास व्यक्त गर्नुभयो।
    उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष पवन प्रजापती, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङ, लायन्स इन्टरनेशनल ३२५ बी डिपार्टचिफ मिलन थापा, बुद्धिजिवी गुणाखर सापकोटा, तमु मै ताँ शिक्षा शिक्षा शिक्षा अभियन्ता युग गुरुङ, विमला श्रेष्ठ, चन्द्रा शर्मा, सिता कार्की, दुर्गा ढकाल लगायतले शुभकामना व्यक्त गर्दैै विविधत तयारी, दिगोपना, सुक्ष्म तथा दीर्घकालिन योजना, राज्यसँग सहकार्य, सबैको पहुँच पुग्ने संस्थाको रुपमा संजिवनी सिस्टर्स नेपाल अघि बढ्नुपर्ने सुझाव दिएका थिए भने राम्रो उद्धेश्य र असल मनासायबाट स्थापित हुने संस्थालाई आफुहरुको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता पनि जाहेर गरेका थिए। संस्थाका अध्यक्ष बीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिरादेवी गुरुङले स्वागत, कोषाध्यक्ष लक्ष्मी गुरुङले धन्यवाद व्यक्त गर्नुभएको थियो भने सचिव कौशिला गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।