• हिमाअज कप फुटसल प्रतियोगिता हुने

    July 31, 2019     9:12 pm

    पोखरा १५ साउन। पोखरामा फुटसल प्रतियोगिता “हिमाअज कप २०१९” हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजना सँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्यानेजमेन्ट प्रालीको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले सौन्दर्य प्रतियोगिता सँगै खेल प्रति पनि आर्कषित भएको बताए । “खेल क्षेत्रमा पनि आबद्ध रही सेवा गरौ भन्ने उद्देश्य हाम्रो पहिले देखीनै थियो”, उनले भने, “बल्ल आज आएर पुरा भएको छ ।” नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै अन्तर कलेज स्तरिय पुरुष फुटसल प्रतियोगिता हिमाअज कपको आयोजना गर्न पाउँदा खुशी लागेको उनले बताए ।


    “हिमाअज एजुकेशन एण्ड कन्सलटेन्सीको प्रचारप्रसार सहित पोखरामा फुटसलको फिवर बढाउने लक्ष्य राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौ”—प्रतियोगिताका खेल संयोजक अर्जुन पाण्डेले भने । यसबाट एक कलेज सँग अर्को कलेजका विद्यार्थीहरुबिच प्रत्यक्ष भेटघाट सहित परिचय पनि हुनेछ उनले बताए ।


    फुटसल प्रतियोगितामा पोखराका ३० कलेजको सहभागी रहने अपेक्षा गरिएको छ । १०+१ देखी स्नातक सम्मका विद्यार्थी खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् ।
    प्रतियोगिता यहि साउन ३१ गते शुक्रबार र ३२ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पोखरा स्काई स्पोर्टस, भाटभटेनी सुपर स्टोर्स न्युरोड, पोखरामा हुनेछ । प्रतियोगितामा सहभागी शुल्क रु २५०० राखिएको छ । फुटसलमा सहभागीले आवेदन फारम श्रावण २९ गते सम्म भरिसक्नुपर्नेछ । प्रतियोगितामा सहभागी सँख्या ८ जना (५ खेलाडी र ३ वैकल्पिक ) कायम गरिएको छ । प्रतियोगिताबाट विजेता, उपविजेता, उत्कृष्ट खेलाडी र अनुशाषित खेलाडीले पुरस्कार स्वरुप क्रमश ः नगद रु २० हजार, १० हजार, १ हजार र १ हजार सहित ट्रफि र अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि फारम हिमाअज एजुकेशन कन्सलटेन्सी,न्युरोड र दि मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहचोकमा पाइने आयोजक एसटी क्रियशनले जानकारी गरायो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।