• ब्युटी पार्लर व्यवसायीलाई प्रमाणपत्र

    July 30, 2019     8:40 pm

    पोखरा, १५ साउन । ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङजा र वालिङका आजीवन तथा साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको हो । एसोसियसनमा आवद्ध २ सय ५० भन्दा बढी सदस्यले सो अवसरमा प्रमाणपत्र प्राप्त गरे ।प्रमाणपत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले ब्युटीपार्लर व्यवसायीहरु संस्थामा आवद्ध भई संस्थाको नीति नियमलाई अवलम्बन गरी नमुना संस्था बनाउनुपर्नेमा जोड दिइन् । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर पेसाले योगदान दिएको छ,’ उनले भनिन्, ‘पोखरामा ब्युटीपार्लर व्यवसायको भविष्य राम्रो छ ।’

    ब्युटी पार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार एवं संस्थापक चिनु गुरुङले एसोसिएसनमा आवद्ध भई व्यवसायलाई मर्यादित मनाएर अगाडि बढाउनुपर्ने खाँचो औंल्याइन् । ‘पोखरा महानगरपालिकाले सञ्चालन गरेको महिलासँग उपमेयर कार्यक्रममा ब्युटीपार्लर व्यवसायलाई समेत समेट्नुपर्ने देख्छु,’ उनले भनिन् ।ब्युटीपार्लर एसोसिएसनका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्यले पछिल्लो समय ब्युटीपार्लर व्यवसायीलाई अरुले हेर्ने दृष्टिकोण फेरिएको सुनाइन् । ‘अब व्यवसायीहरु एकजुट भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले ब्युटीपार्लर व्यवसायको प्रवद्र्धन गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बचन दिए ।

    कास्की हस्तकला संघका सचिव सीता गुरुङले व्यावसायिक हकहितसँगै राज्यबाट पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न एसोसिएसनले पहलकदमी गर्नुपर्नेमा जोड दिइन् । ब्युटीपार्लर एसोसिएसन लेखनाथ कमिटीका अध्यक्ष माया विकले अझै पनि कताकति ब्युटीपार्लर व्यवसायलाई समाजले नकारात्मक ढंगले हेर्ने गरेको सुनाइन् । ‘व्यवसायीहरु एकजुट भएर आफ्नो पेसालाई मर्यादित बनाउँदै त्यस्ता नकारात्मक सोच भएकाहरुको सोच बदल्ने गरी काम गर्नुपर्छ,’ उनले भनिन् ।गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर व्यवसायले पछिल्लो समय निकै ठूलो भूमिका खेलेको बताइन् । एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष सुष्मा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम सञ्चालन एसोसिएसनका सचिव वविता केसी कार्कीले गरेकी थिइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।