• सृजना मा.वि.मा नेपाली हिज्जे सम्पन्न

    July 30, 2019     7:42 pm

    पोखरा १४ साउन । पोखराको फिर्के मा रहेको सृजना आवासीय माध्यमिक विद्यालय मा अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

    उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) बाट निलो सदन, पहेलो सदन र हरियो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने आधारभूत तह (कक्षा ६ देखि ८) बाट निलो सदन, पहेलो सदन र रातो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । यसैगरी आधारभूत तह (कक्षा ४ र ५) बाट पहेलो सदन, रातो सदन र निलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने आधारभूत तह (कक्षा २ र ३) बाट पहेलो सदन, रातो सदन, निलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएको विद्यालयका एकेडेमिक डिन इन्द्रकुमार श्रेष्ठले बताए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।