• गण्डकी प्रदेश प्रमुखद्वारा गुप्तेश्वर महादेव गुफाको महाआरतिमा सहभागी

    July 29, 2019     10:20 pm

    पोखरा, साउन १३। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप््तेश्वर महादेवको पुजा एवम् महाआरतिमा सहभागी भएका छन् ।साउनको दोश्रो सोमबार उनले विहान गुफामा रहेको महादेवको मन्दिरमा विधिपूर्वक पूजाआजा गर्नुका साथै साँझमा भएको महाआरतिमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् ।सो अवसरमा मन्दिरका पुजारीद्धय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पुजा गराएका थिए ।

    प्रदेश प्रमुखको स्वागतको लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल वराल, उपाध्यक्ष इश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल, पुजा उपसमिति संयोजक सीता वराल लगाएतका व्यवस्थापन समितिका पदाधिकारीले फुलमाला लगाएर स्वागत गरेका थिए । गुफामा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने प्रचारप्रसार समितिका कृष्ण रानाभाटले वताए ।

    गुफाले हरेक सोमबार साँझ साँढे छ वजेबाट गर्दै आएको महाआरतिमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको र कर्ताहुन चाहनेहरु नामदर्ता गरी आरतिमा सरिक हुँदै आएका कार्यलय प्रमुख नारायण पौडेलले वताए ।गुप्तेश्वर महादेव गुफाको आम्दानिबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला संचालन हुर्दै आएको उपाध्यक्ष इश्वरी प्रसाद लम्सालले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।