• अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा

    July 29, 2019     10:12 pm

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण उनी विवादमा तानिएका हुन् । उनले अफ्रिकी मूलका डेमोक्रेटिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् । दुई हप्ताअघि पनि राष्ट्रपति ट्रम्पले कंग्रेसमा रहेका चार जना डेमोक्रेटिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका थिए ।

    पछिल्लो समय भने ट्रम्पले कंग्रेसमा डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने एलाइजा कमिङ्गसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए । ट्रम्पले कमिङ्गस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेण्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भनेका छन् । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो ट्वीट रंगभेदी रहेको बताएकी छिन् ।

    कमिङ्गसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी ‘बुली’ अर्थात डर–धम्क्याइ रहेको बताएका छन् ।ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गरेकोमा उनले आफूलाई बुली गरेको कमिङ्गसले उल्लेख गरेका छन् । उनी संसद्को ओभरसाइट कमिटीका अध्यक्षसमेत हुन । उनको नेतृत्वमा रहेको समितिले ट्रम्प प्रशासनका विभिन्न नीतिहरुमाथि अनुसन्धान गरेको छ । यो समितिले सीमा क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको व्यवस्थापन बारे पनि अनुसन्धान गरेको थियो ।

    डेमोक्रेटिक पार्टीकी नेतृ तथा सभामुखको हैसियतमा पेलोसीले कमिङ्गसको समर्थन गर्दै ट्रम्पको टिप्पणीको आलोचना गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।