• तिन जना युवा व्यवसायीको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालन

    July 29, 2019     7:15 pm

    पोखरा, १३ साउन ।पोखराका तिन जना व्यवसायीहरुको सयुक्त लगानीमा पोखराको छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राम बराल, राजु सुनार र बालकृष्ण धिमिरेको सयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको हो ।

    फेसनको शुभारम्भ कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोयिसन कास्कीका उपाध्यक्ष एंव लायन्स क्लव अफ पोखरा राईजिङ् स्टारका अध्यक्ष लेखनाथ पौडेलले सेवाको गुणस्तर र बजारीकरणमा जोड दिनुभयो । पोखराको पर्यटकिय स्थल गुप्तेश्वर गुफा र डेभिड फल्सको नजिकै रहेको उक्त फेसनले ग्रहाकहरुको मन जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै कपडा व्यवसायी एशोसियसन कास्कीका सदस्य एंव लायन्स क्लव अफ पोखरा राईजिङ स्टारका प्रथम उपाध्यक्ष चोक बहादुर गुरुङले व्यवसायमा अनुभवी तिनै जनाले त्यसको सफल प्रयोगमा जोड दिनुभयो । युवाहरु विदेश जाने क्रम बढिरहेका बेला स्वदेस मै लामो समयदेखी व्यवसाय गरि थप विस्तार गर्न सफल भएकामा शुभकामना समेत दिनुभयो ।तिन जना युवा व्यवसायीहरु मध्ये राम बरालको छोरेपाटन मै बराल बस्त्रालय, राजु सुनारको एस एण्ड एस फेसन कलेक्सन विरौटा र बाकृष्ण घिमिरेको ओउ फेसन कलेक्सन रत्नचोकमा संचालनमा रहेको छ । झण्डै १५ लाखको लागतमा सयुंक्त रुपमा संचालन गरिएको बराल बस्त्रालय एण्ड नारी फेसनमा लेडिज आईटमहरु उपलब्ध हुने उनिहरुले जनाएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।