• अमेरिकामा नेपाल भ्रमण प्रचार अभियान, मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु

    July 28, 2019     11:14 pm

    काठमाडौँ / अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ ।

    पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली सङ्घअन्तर्गत सङ्गठित उनीहरूले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यसै सिलसिलामा जुलाई २१, २०१९ का दिन आयोजित उक्त सङ्घको मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले आयोजना गर्नुभएको ‘भिजिट नेपाल २०२० अभियान’ नेपाली मूलका ‘स्टेट डेलिगेट’ ह्यारी भण्डारी र महावाणिज्यदूत प्रेमराजा महतले ‘आफू पनि नेपाल जाऔँ, अरूलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गरेका थिए । उक्त च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई सो अभियानको संयोजक चयन गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।