• सुन काण्डमाअनुसन्धान शुरु

    July 28, 2019     10:58 pm

    काठमाडौं-गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

    सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । “शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने । उनका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ ।

    गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो ।
    सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।