समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न गरिएको छ । पोखरा महानगरपालिका १० रामघाट स्थित मेट्रोपोलिटन एकेडेमी स्कूलका कक्षा ६,७ र ८ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पारिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकाहरुलाई यसरी प्रहरी कार्यलयमा नै ल्याई अन्तर्क्िरया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराउनुका साथै उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको छ ।
भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनिहरुको सामाजिक उत्तरदायित्व प्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीहरुसंग समाजमा शान्ति सुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।