• नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा कास्कीका जिल्ला सेक्रेटरी लोकेन्द्र बि.क. पक्राउ

    July 28, 2019     9:37 pm

    पोखरा, १२ साउन । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) शनिवार दिउँसो पोखरामा पक्राउ परेका छन् ।
    नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको हो । पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको नेकपा श्रोतले बतायो । यसअघि तनहूँ सेक्रेटरी रहेका उनी कास्कीका तत्कालीन सेक्रेटरी आक्रोश पक्राउ परेपछि भर्खरै पोखरा आएका थिए । उनलाई २ वर्ष अघि पोखराका युवराज खतिवडालाई रड तथा धारिलो हतियारले प्रहार गरेको आरोप लागेको छ । २०७४ साल बैशाख १८ गते २ वटा मोटरसाईकलमा आएका ४ जना ब्यक्तिहरुले पोखरा को नदीपुरमा खतिवडालाई घाईते बनाई बेहोस अवस्थामा छोडी फरार भएका थिए । यस्तै उनलाई पृथ्वीचोक स्थित सस्तो बजारको गेट नजिक बिष्फोटक पदार्थ बिष्फोटन भएको घटनामा संलग्न रहेका आरोप पनि लागेको छ ।
    यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।