• रोट्रयाक्ट क्लव अफ अन्नपूर्णमा रोहित गिरी

    July 28, 2019     8:47 pm

    नवराज दाहाल । पोखरा साउन १२ । रोट्रयाक्ट क्लव अफ अन्नपूर्णको १० औं पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ । वर्ष २०१८÷१९ एक्टीङ प्रेसिडेन्ट रोट्रयाक्टर प्रदिप पहारीले आफुले पाएको जिम्मेवारीलाई सफलता पूर्वक सम्पन्न गरेसँगै आगामी कार्यकालका लागी एक कार्यक्रमका वीच रोटा वर्ष २०१९÷२० का प्रेसिडेन्ट रोट्रयाक्टर रोहित गिरीलाई पद हस्तान्तरण सँगै जेट आर आर सुदिप प्रसाई ठकुरीले पद तथा गोपनियताको शपथ गराएका थिए ।
    वर्ष २०१९÷२० का एक्टीङ प्रेसिडेन्ट रोट्रयाक्टर रोहित गिरीले आफ्नो प्लान अफ एक्सनको वारेमा बताउदै आफ्नो कार्यकालमा पास्ट प्रेसिडेन्ट लगायत क्लवमा आवद्ध सम्पूर्ण साथीहरुको साथ सहयोग निरन्तर भएमा आफुलाई अगाडी वढ्न टेवा पुग्ने वताए । रोटा वर्ष ०१९÷२० का रोट्रयाक्टर अध्यक्ष रोहित गिरीको नेतृत्वमा रोट्रयाक्ट क्लव अफ अन्नपूर्णमा आई पी पी मा यमकला जीटी खत्री, इलेक्टेड प्रेसिडेन्टमा रोट्रयाक्टर प्रदिप पहारी छन् भने भाइस प्रेसिडेन्टमा रोट्रयाक्टर सुरज अधिकारी, सेकेन्ड भाइस प्रेसिडेन्टमा रोट्रयाक्टर कृष्ण जोशी, सचिवमा रोट्रयाक्टर सुजन पौडेल, कोषाध्यक्षमा नीलम विश्वकर्मा, जोइन्ट सेक्रेटरी राट्रयाक्टर टिका थापा, प्रोफेसनल सर्भीस डिरेक्टर सुवाष राई कोइराला, क्लव सर्भीस डाईरेक्टर सागर गुरुङ, कम्युनिटी सर्भीस डिरेक्टर कृष्ण वहादुर थापा, एसिसटेन्ट सर्भीस डिरेक्टर सुधामा रेग्मी, इनिशियल सर्भीस डिरेक्टर मिरा लम्साल, एस ए पी डिरेक्टर अनीत के.सी, सजेन्ट एट आर्ममा पुस्पा वानीया, एडीटर अव्दुल समोद, पव्लीक रिलेसन अफिसर पवन भण्डारीलाई गिरीले पद तथा गोपनियताको शपथ गराएका थिए ।वर्ष ०१९÷२० का लागी इन्डक्ट मेमवरमा लक्ष्मी थापा, अविनाश विक्रम क्षेत्री, निशा शर्मा, एलिशा शर्मा, निश्चल शर्मा, अजय वाँस्तोला, सुस्मिता गुरुङ, रश्मीता गिरी, सुरेन्द्र भण्डारी, अनिका राना, आकाश थापा, सुन्दर गुरुङ रहेका छन् ।


    वर्ष ०१८÷०१९ एक्टीङ प्रेसिडेन्ट रोट्रयाक्टर प्रदिप पहारीले आफ्नो कार्यकालमा सहयोग गरेर क्लवलाई राम्रो र हाम्रो वनाउन अनवरत रुपमा कार्य गर्ने सहकर्मी तथा विभिन्न रोट्रयाक्ट क्लवका प्रेसिडेन्टहरुलाई मायाको चिनो दिई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी लाग्रान्डीका चेयरप्रसन एवम रोटरी क्लव अफ पोखरा अन्नपूर्णका चार्टर प्रेसिडेन्ट रोटरीयन देवराज चालिसेले कार्यक्रममा उपस्थित ८२ वर्षिय जेष्ठ वृद्धा आमाले गर्नुभयोको साथ र सहयोगको स्मरण गर्दै जतिवेला जनप्रिय क्याम्पस खुल्ने क्रममा धेरै संकट थियो त्यतिवेलाको समयमा घरघरमा गएर आर्थिक संकलन गर्ने क्रममा धनमाया गिरीको घरमा पुग्दा उहाँले क्याम्सका लागी ५०,००० हजार रकम दिनुभयोको थियो, जुन रकम त्यो वेलाको करोड वरावरको भएको बताउँदै उहाँले गरेको त्यो सहयोगको कदर गर्दै धन्यवाद व्यक्त गरेका थिए । रोट्रयाक्ट क्लव एउटा संस्था मात्र नभइ यसले आफु अगाडी वढ्न तथा आफुमा भएका प्रतिभालाई विकाउन मदत गर्दछ । परिवार, समाज र देशमा हुने झै झगडा, डुङगा मुढा गर्न कहिल्यै अग्रसर हुदैन र देखिदैन जसले समाज र राष्ट्रलाई अगाडी वढाउन कोशेढुङगाको काम गरिरहन्छन् । सम्पूर्ण रोट्रयाक्टरलाई इङिगत गर्दै चालिसेले इतिहास वदल्न नसकेपनि भविष्य वदल्न अवस्य सकिने वताए ।
    रोट्रयाक्ट क्लव अफ अन्नपूर्णका फादर माधव प्रसाद सिग्देलले वर्ष २०१९÷०२० लाई सफल पार्न सवैको भुमिका उतिकै महत्वपूर्ण रहने भएकाले सवैलाई निरन्तर लगनशील भएर लाग्न आग्रह गर्दै क्लवले एउटा नयाँ भिजनका साथमा अगाडी बड्नेमा आफु विश्वस्त भएको वताए ।

    उक्त कार्यक्रममा जेट आर आर सुदिप प्रसाद ठकुरी, डी आर आर इ सन्जीव पौडेल, क्लव मेन्टर इश्वर कर्माचार्य, चार्टर प्रेसिडेन्ट निकेश कर्माचार्य तथा रोटरी क्लव अफ अन्नपूर्णका प्रेसिडेन्ट राम चन्द्र शर्मा तथा पास्ट पे्रसिडेन्ट पुनम गिरीले वोलेका थिए ।वर्ष २०१८÷०१९ मा क्लवमा हाइजेस्ट अटेन्डेन्सको उपाधि टिका थापाले हात पारेका छन् भने, वेस्ट र्वोड अफ डाइरेक्टरको उपाधि सुवास राज कोइरालाले प्राप्त गरेका छन्, त्यस्तै एक्टीभ रोट्रयाक्टरको उपाधि कृष्ण बहादुर थापाले प्राप्त गरेका छन्, भने इर्मजीङ रोट्रयाक्टरको उपाधि गोविन्द पहारीले प्राप्त गरेका छन् । यसैगरि रोट्रयाक्ट अन्नपूर्ण स्टारको उपाधि सुरज अधिकारीले प्राप्त गरेका छन् । प्रदिप पहारी र रोहीत गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्टर सुवाष राज कोइरालाले स्वागत मन्तब्य राखेका थिए, भने सञ्चालन पास्ट प्रेसिडेन्ट रोट्रयाक्टर सत्यम गौतमले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।