• बुद्ध एयरले पोखरा–भैरहवा रुटमा सबैभन्दा सस्तो उडान

    July 28, 2019     9:10 am

    पोखरा, ११ साउन / बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय रुपैयाँ लिँदै आएकोमा अब सस्तो भाडादरमा पनि यात्रुहरु उड्न पाउने छन् ।

    बुद्धले पोखरा–भैरहवा रुटमा सबैभन्दा सस्तो २७ सय रुपैयाँमा उडान गर्ने बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । पोखरा–भरतपुरमा अहिले सम्म ३८ सय रुपैयाँ रहेकोमा अब सस्तोमा २५ सय रुपैयाँमा पनि उड्न पाइनेछ । विदेशीका लागि भने बुद्धले पोखराबाट भैरहवा सम्म ५४ अमेरिकी डलरमा झारेको छ ।

    भरतपुरका लागि ५३ अमेरिकी डलर पर्ने बराले बताए । विदेशीका लागि यो शुल्क यसअघि भैरहवासम्म ९८ र भरतपुरसम्म ९४ अमेरिकी डलर थियो । उनले यात्रुको चाप बढ्दा केही महंगो र यात्रु कम भएको अवस्थामा सस्तोमा टिकट पाइने बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।