• यूनाइटेड अरब इमिरेट्स (यूएई) को फुजाईरामा फुटसाल प्रतियोगिता हुने

    July 27, 2019     11:48 pm

    खाडी मुलुक यूनाइटेड अरब इमिरेट्स (यूएई) को फुजाईरामा फुटसाल प्रतियोगिता हुने भएको छ । फ्रेण्ड युनाइटेड क्लब फुजिइराको आयोजनामा हुने उक्त प्रतियोगिता यहि वर्षको अगस्ट १ मा हुने भएको हो ।

    प्रतियोगिता सोही दिन साँझ शुरु भएर राति अवेर सम्म सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्की ११ सहित १२ टिमले प्रतिष्पर्धा गर्ने आयोजक संस्था फ्रेण्ड युनाइटेड क्लबले जनाएको छ । प्रतियोगितामा खाडी मुलुकमा कार्यरत यूवा खेलाडीहरुले सहभागिता रहने भएको आयोजक कलबका बिपिन टण्डनले जानकारी दिए ।

    प्रतियोगितामा उपाधी विजेताले ५ हजार १ सय ११ धिराम र उपविजेताले ३ हजार १ सय ११ धिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन । प्रतियोगिताका दिन नजिकिंदै जाँदा यूवाहरुमा जोस समेत उत्तिकै बढेको कास्की ११ का एक टिम म्यानेजर राहुल श्रेष्ठले पोखरा स्पोर्टसलाई बताएका छन । कास्की ११ लाई हिमाल रेमिटले खेलाडीका लागि आर्कषक जर्सी प्रायोजन गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।