• कुन राशि हुने मानिसको कति वर्षमा भाग्य चम्किन्छ ?

    July 27, 2019     11:33 pm

    भृगु संहितामा उल्लेख गरिएको छ की कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । कथमकदाचित् तपाईंको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । कारण तपाईंको राशी अनुसार पनि भाग्योदयको फल जान्न सकिन्छ । मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ । वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ । मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ ।

    कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ । सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं बर्षहरु शुभ मानिन्छन् । कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औं बर्षहरुमा भाग्योदय हुन्छ । तुला राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५ बर्षलाई शुभ मानिन्छ । वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा भाग्योदय हुन्छ । धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय हुनेछ ।

    मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय हुनसक्छ । कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ मानिन्छ । मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा भाग्योदय हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।