• क्लस्टर नं. २४ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन

    July 27, 2019     10:39 pm

    पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत क्लस्टर नं. २४ का क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०१९÷२० को पहिलो संयुक्त पदस्थापन शुक्रबार पोखरामा भएको हो ।
    क्लस्टर नं. २४ अन्तर्गतका २० वटा क्लबहरुलाई डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले पदस्थापन गराएकी हुन् । अघिल्लो वर्षका अध्यक्षहरुले नयाँ अध्यक्षलाई पद हस्तान्तरण गर्नुका साथै नयाँ ६ वटा क्लबहरुको उद्घाटनसमेत गरिएको क्लस्टर प्रमुख शिवराज आचार्यले जानकारी दिए ।
    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । रचनात्मक तथा प्रभावकारी काम गर्न उनले सुझाव दिए ।
    कार्यक्रममा लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, निबर्तमान गभर्नर अशोककुमार श्रेष्ठ, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । क्लस्टर अन्तर्गतका क्लबहरुले पढाऔं अभियान सहित अन्य कोषका लागि २२ लाख ६० हजार रुपैयाँ योगदान पु¥याएको क्लस्टर प्रमुख आचार्यले जानकारी दिए । यसैबीच नारी सम्मान अन्तर्गत बुद्ध एयरका सिनियर क्याप्टेन एसोधरा थापालाई सम्मान गरिएको छ । उनी १६ वर्षदेखि क्याप्टेन छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।