• ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ आईतबार

    July 27, 2019     10:37 pm

    पोखरा, ११ साउन । ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर आज (आईतबार) पोखरामा हुने भएको छ । पोखरा न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म शैक्षिक मेला संचालन हुने आयोजकले बताएको छ । शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज र यूनिभर्सिटीका प्रतिनीधिहरुको सहभागिता रहने ग्लोबल रिच पोखराका ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङले जानकारी दिईन् । ‘अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले छुटाउनै नहुने फेयर हो । त्यसैले विद्यार्थीहरुलाई निशुल्क रुपमा यो मौकाको फाइदा लिन म आह्वान गर्दछु ।’ गुरुङले भनिन् ।

    त्यस्तै ग्लोबल रिच पोखराका मार्केटिङ म्यानेजर सागरबाबु गिरीले जो कोहीले पनि यो मेलामा सहभागिता जनाउन सक्ने बताए । ‘विद्यार्थी बाहेक उनीहरुका अभिभावक, साथीभाई, नातेदार समेतले यो मेलामा सहभागिता जनाएको राम्रो हो । जसबाट कालान्तरमा पनि उनीहरुलाई चाहिने आवश्यक जानकारी मिल्न सक्छ । त्यसैले हरेक उमेर समूहका मानिसहरु यहाँ आउन सक्छन् ।’ गिरीले भने ।

    मेलामा १२ वटा शैक्षिक स्टलसँगै ५ वटा बैंकिङ स्टल पनि रहने आयोजकले बताएको छ । बैंकिङ स्टलबाट सहभागीहरुले वैदेशिक अध्ययनका लागि आवश्यक शैक्षिक कर्जाको विषयमा जानकारी लिन सक्नेछन् । मेलामा आउने विद्यार्थीहरुका लागि कम्पनीले विशेष प्याकेजहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले पहिलो १ सय जना विद्यार्थीहरुका लागि आकर्षक गिफ्ट ह्याम्पर उपलब्ध गराउने बताएको छ । त्यो बाहेक मेलामा आउने विद्यार्थीहरुले अष्ट्रेलियन कलेज तथा युनिभर्सिटीहरुबाट तत्कालै शतप्रतिशत छात्रवृत्ति समेत पाउन सक्ने जनाएको छ । त्यो बाहेक मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि कम्पनीले पढाउँदै आएको आइईएलटिएस कक्षामा विशेष छुटको व्यवस्था पनि रहने उसले जनाएको छ ।

    ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको कम्पनीको फरकफरक देशमा गरेर ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । पोखरामा यो कम्पनीले ४ वर्षयता विद्यार्थीहरुलाई सुविधा दिँदै आएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।