• सीप सिकेर स्वरोजगार बन्द सांसद गुरुङको सुझाव, धरहरा आमा समूहमा बास्तोला

    July 27, 2019     10:25 pm

    पोखरा, ११ साउन । गण्डकी प्रदेश सांसद मीना गुरुङले महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छन् । उनले यसको लागि विभिन्न प्रकारका सीप सिकी स्वरोजगार बन्न सुझाव दिइन् ।पोखरा ११ स्थित धरहरा आमा समूहको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा शनिवार उद्घाटन गर्दै सांसद गुरुङले परिवारको सम्पूर्ण बागडोर सम्हाल्ने महिला मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा दिन सक्ने भन्दै त्यसको लागि शुरुवातमा आत्मनिर्भर बन्नुपर्ने बताइन् ।

    पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले वडाको विकासमा सबैको हातेमालो हुनुपर्ने बताए । उनले धरहरा टोल विकासमा आगामी १ महिनाभित्र खानेपानी समस्या समाधानको पहल गर्ने बताए ।धरहरा टोल विकास समिति उपाध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक दमप्रसाद दवाडीले टोलमा खानेपानी समस्या चर्को बन्दै गएको भन्दै गुनासो गरे । उनले तत्कालीन समयमा झलकराम अधिकारीबाट टोलमा पींच बाटो निर्माण र पूर्व सांसद चूडामणि जंगलीको पहलमा सोलार राख्ने काम भएको जानकारी दिए ।

    कार्यक्रममा शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख दीपक बास्तोला, शिवशक्ति माविका सहायक प्रअ गुरुप्रसाद तिवारी, महाकालेश्वर आमा समूह अध्यक्ष निर्मला आचार्य, रामचौतारी आमा समूह अध्यक्ष मुगादेवी बास्तोला, सिद्धेश्वर आमा समूह अध्यक्ष शारदा बास्तोला, व्यवसायी नेत्रप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धरहरा आमा समूह अध्यक्ष निर्मला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

    त्यस्तै, सचिव अञ्जिता बास्तोलाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शान्ति देवकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । कार्यक्रम संचालन सचिव अञ्जिता बास्तोलाले गरेकी थिइन् । यसैबीच, समूहको आगामी कार्यकालको नेतृत्व सिर्जना बास्तोलाले लिएकी छन् । अधिवेशनले बास्तोलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा शान्ति देवकोटा, सचिव अञ्जिता बास्तोला, सहसचिव बिन्दु पोखरेल र कोषाध्यक्ष गीता गौतम चयन भए । सदस्यमा पार्वती पौडेल, पार्वती आचार्य, मीद्रा अधिकारी, शान्ता तिवारी, ललिता राना, विष्णु वास्तोला, विजया पोखरेल र मीनाक्षी शर्मा छन् । यस्तै, सल्लाहकार गीता गौतम र निर्मला सुवेदी चयन भए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।