• लायन्स तालबाराहीको बृक्षारोपण तरुणतपसी पार्कमा

    July 27, 2019     10:07 pm

    पोखरा, ११ साउन । लायन्स क्लब अफ पोखरा तालबाराहीले लेखनाथको तरुणतपसी पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले उक्त स्थानमा अघिल्लो वर्ष पनि बृक्षारोपण गरेको थियो । यो वर्ष पनि अघिल्लो वर्ष रोपेको विरुवाको गोडमेल तथा नया विरुवा रोपिएको क्लबका अध्यक्ष नारायण पहारीले बताए ।
    कार्यक्रमका प्रमुख अतिथी लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका रिजन चियरपर्सन कल्पना श्रेष्ठले बृक्षारोपणका कारण प्राकृतिक विपतलाई रोक्न सकिने बताउदै मानिसलाई बाँच्नका लागि चाहिने अक्सिजन पनि प्राप्त गरिने बताए । जोन चियरपर्सन सुदिप पौडेलले बृक्षारोपण गर्नु भनेको पृथ्वी बचाउने अभियानमा सहभागी हुनु रहेको बताए । उनले पर्यावरणमा देखिएको परिवर्तनलाई न्युनिकरण गर्नका लागि बृक्षारोपण आवश्यक छ भने ।
    लायन्स क्लव अफ पोखरा तालबाराहीका अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा कमिटी चियरपर्सन विनोद राइ लगायतले बोलेका थिए । सो अवसरमा विभिन्न जातका विरुवाहरु रोपिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।