• विजयपुरमा बेलिब्रिज सञ्चालनपछि यातायात सुचारु

    July 27, 2019     10:09 pm

    पोखरा,साउन ११ । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्धार विजयपुर खोलामाथि बेलिब्रिज(पुल) सञ्चालनमा ल्याईएको छ ।विजयपुर खोलामाथि एक दशक अघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाईएकोमा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

    गत फागुनमा पक्की पुल जीर्ण भएको पाईएपछि १० टनभन्दा माथिका गाडीलाई खोलामाथि डाइभर्सन निर्माण गरेर वारपार गरिएकोमा पटकपटकको बाढीले अस्थायी डाइर्भसनमा क्षति पु¥याउदा मालबाहक सवारी ठप्प बनेको थियो । पछिल्लो पटक यही साउन ६ गते बाढीले डाइभर्सनमा क्षति गर्दा ठूला साधान गगनगौँडामानै अलपत्र परेका थिए ।कतिपय साधन वैकल्पिक बाटोबाट तथा कतिपयले स्याङ्जा हुँदै पोखरा प्रवेश गरेर पर्वत, बाग्लुङ, म्याग्दी लगायतको गन्तव्यमा पुगेका थिए । बेलिब्रिज सञ्चालनसँगै लामो समयदेखी बीचबाटोमा अलपत्र परेका मालबाहक साधन आआफ्नो गन्तव्यतिर लागेका छन् । पटकपटक बाढीले डाइभर्सन बगाएपछि त्यसको मर्मतलाई छोडेर बेलिब्रिज निर्माणलाई तीर्वता दिईएको बताईंन्छ । कार्यालयका अनुसार दुई लेनको सो बेलिब्रिज पुल ५० मिटर लामोे र भारबहन क्षमता १०० टन रहने छ ।बेलिब्रिज निर्माणको लागि सडक कार्यालयले रु दुई करोड २० लाख लागतमा सगरमाथा÷जेजे जोईन्ट भेन्चर कम्पनीसँग गएको बैशाख २२ गते सम्झौता गरेको थियो । बेलिब्रिज अस्थायी पुल भएपनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताईन्छ ।पिसपोखरा डट कम को सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।