पोखरा,साउन ११ ।बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको समाजवादी पार्टी नेपालको शनिवार पोखरामा महानगरपालिका वडा नं.३१ लामाश्वारामा सम्पन्न भेलाले आइतबहादुर रानामगरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ।नवगठित वडा समितिको उपाध्यक्षमा मोहन पोख्रेल, सचिवमा अञ्जना बाँस्तोला, कोषाध्यक्ष बिन्दु बुढाथोकी र सदस्यहरुमा डिलकुमारी बिक, शिवचन्द्र त्रिपाठी, कृष्णबहादुर थापामगर, बमबहादुर थापामगर, उषा थापामगर, मनकुमारी रानामगर, आनन्द नेपाली, विष्णुबहादुर रानामगर, बिमला पोख्रेल, बिमल पोख्रेल, सुनिता परियार रहनुभएको छ।
यसरी नै भेलाले मधुकर न्यौपाने, चन्द्र सम्सेर रानामगर, सन्तबहादुर बुढाथोकी र दुर्गाहरी लामिछाने रहेको सल्लाहकार समिति समेत गठन गरिएको युवा नेता कमल थापाले जानकारी दिनुभयो।आइतबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भेलामा समाजवादी पार्टी नेपालका बुद्धिजिवी नेता मनबहादुर गुरुङ, नेता नन्दबहादुर गुरुङ, युवा नेता कमल थापा र मधुकर न्यौपानेले पार्टीको नीति, सिद्धान्त र आगामी कार्ययोजनाका बारेमा विचार व्यक्त गर्नुभएको थियो।