• पोखरा भाँडा व्यवसायी संघद्वारा सहयोग

    July 27, 2019     7:45 pm

    पोखरा, साउन ११ । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी सहयोग गर्दै आइरहेको छ ।

    कार्यक्रममा संघका सल्लाहाकार कुश कार्कीले संघले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताए । उनले व्यावसायीले समाजको आवश्यकता बुझी त्यसै अनुरुप सहयोग गर्ने उल्लेख गरे ।नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको व्यथा र आवश्यकता जस्ताको तेस्तै रहेको उल्लेख गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सुबेदीले विद्यार्थीका लागि पोशाक आवश्यक रहेकाले अन्य दातासँगबाट सहयोग जुटाईदिन आग्रह गरे ।

    कार्यक्रममा पोखरा २४ वडासदस्य सन्तु सुबेदी, विद्यालयका प्रधानाध्यापक भोलानाथ अधिकारी लगायतले बोलेका थिए ।संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए ।त्यस अवसरमा संघका सल्लाहाकार राजमान ताम्राकारले आफ्नो व्यक्तिगत तर्फबाट नर्सरीका विद्यार्थी स्पर्श चपाईलाई विद्यालय पोशाक र जुत्ताकालागि २ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।संघले वार्षिकोत्सवको अवसरमा साउन २५ गते शनिवार पोखराको बीपी चोकमा रक्तदान कार्यक्रम गर्न लागेकाले सहभागिताका लागि अनुरोध गरेको छ । संघले छिट्टै सरकारी संचालन ल्याउने तयारी पनि गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।