• च्याउ खाँदा १२ जना बिरामी

    July 26, 2019     11:02 pm

    मिना बुढाथोकी सल्यान ःसल्यानमा विषालु च्याउ खाँदा १२ जना बिरामी भएका छन् । जिल्ला अस्पताल सल्यानका अनुसार गएको १५ दिनको अवधीमा विषालु च्याउ खाँएर बिरामी हुँदा सल्यानमा १२ जनाले उपचार गराएका छन्।उपचार गराउन आएका बिरामी मध्ये दुइ जनाको अवस्था भने गम्भीर रहेको छ ।
    साउन ४ गते च्याउ खाएर बेहोस अवस्थामा आएका बागचौर नगरपालिका–४ पेदीखोलाका टोप बहादुर बस्नेत र साउन ९ गते बनगाडकुपिण्डे नगरपालिका–९ जैतपानीका खिम बहादुर बुढाथोकीको उपचार पछि थप उपचारका लागी नेपालगन्ज रिफर गरेको सल्यान अस्पतालका डाक्टर प्रदीप शर्माले जानकारी दिए ।
    च्याउ खाएर विरामी भएपछि उपचारमा ल्याउने विरामीहरुलाई चुक र दहि तथा अन्य घरेलु खानेकुरा खुवाउने गरेको पाइएको भन्दै उनले त्यसो नगर्न भनेका छन । उनले बेहोस मान्छेलाई चुक तथा दहि खुवाउन थाल्दा त्यो चिज फोक्सोमा गएरर असर गर्ने भएकाले सचेत बनेर तत्काल स्वास्थय संस्था लिनुपर्ने सुझाव दिएका छन् ।
    यो बेला जंगलमा पाइने च्याउमा विष हुने भएकाले जंगली च्याउन नखान डाक्टर शर्माले सर्वसाधारणमा अनुरोध गरेका छन ।च्याउ एकदमै विषालु भएको खण्डमा भने मृगौला तथा कलेजो सम्म फेल हुनसक्ने भएकाले सजग रहनुपर्ने उनले आग्रह गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।