• तीजको दरमा कडाइ, टिकटमा महिना दिन अघि देखि कार्यक्रम गर्न नपाइने

    July 26, 2019     10:29 pm

    पोखरा, १० साउन । पछिल्ला केही वर्षहरुमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा देखिएको विकृतिका विरुद्ध जिल्ला प्रशासन कार्यलय कास्कीले कडाइ गर्ने भएको छ । तीजको दर खाने नाममा केही वर्ष यता पोखरामा टिकट बेचेर महिना दिन अघिदेखि पार्टी प्यालेस, स्टार होटलहरुमा व्यवसायिक कार्यक्रम गरिदै आएको छ । त्यस्ता कार्यक्रमहरुलाई निरुत्साहित गर्न जिल्ला प्रशासन कार्यलय कास्कीले कारवाही गर्ने भएको हो ।
    तीजका नाममा समाजमा बढ्दो तडकभडकलाई कम गर्न, ध्वनी प्रदुषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परालाई जगेर्ना गर्ने किसिमले नेपाली मौलिक परम्परा र समाजको सहनशिलताको तह समेतलाई ख्याल गरि मौलिक परम्परा अनुसार हरितालिका तीज पर्व मनाउन अनुरोध गरिएको छ । प्रशासनले जारी गरेको सुचनाको वर्खिलाप हुने गरि कार्यक्रमहरुको निगरानी गरि कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यलय कास्कीले जारी गरेको सुचनामा भनिएको छ ।
    प्रत्यक वर्ष भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म मनाइने हरितालिका तीज यो वर्ष भाद्र १५ देखि १७ गते सम्म परेको छ । हरितालिका तीजको बेला दिनभर निराहार ब्रत बसि एकदिन अघि दरखाने यो चाड मौलिक परम्परा हो । होटल तथा पार्टी प्यालेसमा महिनादिन अघि देखि हुने दर खाने कार्यक्रमको विकृतिलाई रोक्न नारी जागरण अभियान पोखरा लगायतका संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरेको थियो ।
    तीजको नाममा महिना दिन अघि देखि दर खाने कार्यक्रम संगै तीजको छेको पारेर निस्कने गाइजात्रे अनि रत्यौली पाराका गीत पनि तीजको पछिल्लो बिकृत रुप हो । महिला मात्रको मौलिक पर्व भनिए पनि अधिंकाश पुरुष आवाजमा तीजका लागि रेकर्ड भएका गीतहरु सुन्न पाइन्छ । केही गीतलाई छोडेर अधिंकाश गीतहरु मौलिक संस्कृति धान्नका लागि भन्दा पनि व्यवसायिकताका लागि गाउने गरेको प्रष्ट हुन्छ । तीजका नाममा केटाकेटी विचको माया पिरती, उछृङखल, गाइजात्रे तथा रत्यौली पाराका गीतहरुको बोलावाला रहेको छ । यस्ता गीतलाई पनि निरुत्साहित गरि तीजको साँस्कृतिक महत्वलाई संरक्षण गर्नु आजको आवश्यकता हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।