पोखरा १० साउन । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित संचालन गरिएको पन्ध्र दिने सिपमुलक व्यवसायीक तालिम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा, गण्डकी तथा पोखरा वुमेन हेन्डीक्राफ्ट डेभ्लबमेन्ट सेन्टरको संयुक्त आयोजनामा संचालन गरिएको उक्त तालिमको समापन बिहिबार एक कार्यक्रमका बीच डिष्ट्रिक ३२५ बी १ नेपालका डाइनामिक डिष्ट्रिक गर्भनर लायन इन्दु लम्सालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै लम्सालले विशेष गरेर पिछ्डिएको क्षेत्रका दिदिबहिनी तथा युवाहरुलाई लक्षित गरेर कार्यक्रम दिने योजना डिष्ट्रिकले राखेको जानकारी दिनुभयो । उहाँले सहभागीहरुबाट बनाइएका सामानहरु अत्ति नै उत्कृष्ट रहेको भन्दै संयुक्त रुपमा उद्योग संचालन गर्न चाहे लायन्स क्लबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।बताउनुभयो । “कसैलाई देखाउनका निम्ति लायन्सले काम गर्दैन, समाजलाई आवश्यकता अनुसारको कार्यक्रम गरी सहयोग पुर्याउने काम लायन्स क्लब गर्दछ ” उहाँले भन्नुभयो ।
लायन्सले गर्ने गतिविधिलाई नबुझ्ने समूहबाट नकरात्मक आक्षेप आउने गरेको भन्दै यस्ता संस्थाले राज्यलाई जनताको सेवा गर्न तर्फ उन्मुख गराउन एउटा मार्गदर्शकको भुमिका खेलेको उहाँले बताउनुभयो ।कार्यक्रममा लायन्स क्लब अफ पोखरा, गण्डकी २०१९।२० का अध्यक्ष ला हिरा भट्टराईले ‘राईज टु इम्पावर’को नारालाई आत्मसाथ गर्दै गृहिणी महिला एवं युवाहरुका निम्ति संचालन गरिएको यस तालिम उपलब्धीमुलक रहेको बताउनुभयो । उहाँले तालिममा प्रशिक्षार्थीहरुले समय थप गर्नुपर्ने माग राखेको कारण पन्ध्र दिनको तालिमलाई पच्चीस दिनको तालिम संचालन गरेको जानकारी दिनुभयो ।
सोही अवसरमा वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले स्वरोजगार सम्बन्धि यस्ता कार्यक्रमलाई वडाले सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले घरेलु उत्पादनलाई बजारीकरण गर्न प्रमुख समस्या रहेको भन्दै यस्ता सामानमा कर छुटको व्यवस्था हुन आवश्यक बिषयलाई जोड दिनुभयो ।
सहभागीको तर्फबाट बोल्दै गंगा क्षेत्रीले सिकाएका सिपको सही सदुपयोग गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानका निम्ति आयोजकलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नं १४ का वडाध्यक्ष प्रेम बहादुर कार्की, रिजन चियर पर्सन एवं पूर्व अध्यक्ष शारदा शर्मालगायतले आत्मनिर्भरका निम्ति सिप अपरिहार्य रहेको बताउनुभयो ।तालिममा सहभागी वडा नं ९, ६ र १४ का २५ जना महिला एवं युवा सँगै पद्दमावती हस्तकला उद्योगमा कार्यरत प्रशिक्षक दव्य विष्णु उचै ठकुरी र हिरा कुवँरलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।पिएमसिसि प्रेम बहादुर श्रेष्ठ, मल्टिपल कोअडिनेटर एवं गर्भनरका स्पाउस फस्ट प्रर्सन राजन लम्साल, जोन चियर पर्सन ला सिता के.सी, कलस्टर १७का कलस्टर प्रमुख ला बसन्त गिरी, डेप्युटी चिफ एडभाइजर ला इन्दिरा बराल, तालिममा सहभागी महिलाहरु लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा क्लबका सदस्य ला. शान्ति पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव ला साधना चालिसेले कार्यक्रम संचालन गर्नुभएको थियो ।