• चिउली पाचे तमु समाजको ३५ औं वार्षिकोत्सव सम्पन्न

    July 26, 2019     9:42 pm

    पोखरा, १० साउनकास्की जिल्ला, मादी गाउपालिका वडा नं.१ सिक्लेस र पार्चे गाँउबाट पोखरा आइ बसोवास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको शुक्रवार ३५ औं वार्षिकोत्सव तथा साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ समाजसेवी, समाजका सल्लाहकार डब्लु ओ टु गमबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा समाजका जेष्ठ नागरिक, उच्च शिक्षा र १२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मानका साथै पुरस्कृत एवम टोलगत आमा समुहहरु र युवा समितिले विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ समाजसेवी डब्लु ओ टु गमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै मादी गाँउपालिका १, साविक पार्चे गाविसको पुरानै सिमा कायम गराउन सरोकार समितिले वडा कार्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो।

    गाँउको सिमा सुरक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिनुहुदै आफुले समाजलाई हर क्षेत्रमा सक्दो निरन्तर सहयोग गर्ने उद्घोष गर्नुभयो। सिक्लेसमा समाजका उपाध्यक्ष बलबहादुर गुरुङको अगुवाईमा निर्माणाधिन क्होइवोलाई जति नै कुल प्रसाद गुरुङको पहलमा निर्माण हुने अर्को क्होइबोलाई १ लाख १ हजार १११ रुपैया सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। समाजले मेरो कार्यको उचित मुल्यांकन गरेकामा हर्षित छु भन्नुहुदै प्रमुख अतिथि गुरुङले समाज र आमा समितिलाई विगतदेखि केही सहयोग गर्दै आएको छ, अब युवा समितिलाई सहयोग गर्ने बताउनुभयो। समाजका गतिविधीलाई प्रचार प्रसार, देश विदेश र सबैमा पु¥याउने मिडियालाई समाजले उचित सम्मान गर्नुपर्ने बताउनुहुदै चिउली पाचे तमु समाज केही समय अघि सम्पन्न महायज्ञले पितृ उद्धार र समाज पवित्र एवम पुण्य भएको आभाष भएको बताउनुभयो।विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर अध्यक्ष जंगबहादुर गुरुङले बार्षिकोत्सव तथा साधारणसभाको शुभकामना व्यक्त गर्नुहुदै समाज विकास नै सबैको विकास भएकाले एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो।

    आउदो पिढीले शिक्षामा विशेष जोड दिनुपर्दछ भन्दै सिक्लेसबासीले आफ्नो भोगचलन गर्दै आएको पुरानो सिमा गुमाउन दिन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, पुरानो सिमांकन कायम गराउने आवाश्यक परे अदालत पुग्नुपर्दछ, आज गाँउको भु–भाग, श्रोत, चुलो,चौके, दैलो नै खोसिएका अवस्था रहेको भन्दै गम्भीर हुन आग्रह गर्नुभयो।कार्यक्रममा सम्मानित बिद्यार्थीहरुको तर्फबाट बोल्नु हुदै डा.अस्मिता गुरुङले समाजको सम्मानले आफुहरु प्रोत्साहित भएको भन्दै समाजलाई १० हजार ५ सय रुपैया सहयोग गर्नुभयो।उहाँले आफुले प्राप्त गरेको विद्या र ज्ञान समाज सेवाका लागि समर्पण गर्ने बताउनुभयो।कार्यक्रममा सल्लाहकार पोमबहादुर गुरुङ, समाजका सदस्य जंगप्रसाद गुरुङ, आमा समितिका कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङ, युवा समितिका अध्यक्ष पिमप्रसाद गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै समाज विकास र समृद्धिका लागि एकतावद्ध हुनुपर्ने र मादी १ को पुरानै सिमा कायम गराउन सबैको जुट्नुपर्नेमा जोड दिनुभएको थियो।उक्त कार्यक्रममा चिउली पाचे तमु समाजको युवा समिति र गाउको टोलगत धप्राङ, सभाथर, लामाथर, हार्पुथर, गैरीथर लगायतका आमा समुहहरुको साँस्कृतिक प्रस्तुतिले कार्यक्रम भव्य बनेको थियो।समाजका अध्यक्ष सु.रनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत उपाध्यक्ष बलबहादुर गुरुङ, संचालन सचिव डमरबहादुर गुरुङ र युवा सचिव दलबहादुर गुरुङले गर्नुभएको थियो।कार्यक्रममा साउन ७ गते सिक्लेसमा सम्पन्न वडा सिमांकन भेलाका लागि पुगेका पत्रकारहरु हुमबहादुर गुरुङ, देवीजंग गुरुङ र बेलबहादुर गुृरुङसहित वार्षिकोत्सवमा नृत्य प्रस्तुत गरेका युवा समितिका कलाकारहरुलाई सम्मान गरिएको थियो।कार्यक्रममा समाजका सचिव डमरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुवेदार दिलप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र एम्बुलेन्स संचालक समितिका अध्यक्ष सुवेदार मेजर केसबहादुर गुरुङले प्रस्तुत गर्नुभएको प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मानपत्र र दोसल्ला, उच्च शिक्षा र १२ कक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। यसैविच १२ कक्षामा उत्कृष्ठ अंक प्राप्त गरेका सितल गुरुङ र गणेश गुरुङलाई समाजसेवी क्या.तेजबहादुर गुरुङद्वारा स्थापित अक्षयकोषबाट जनही ५,५ हजार नगदसहित अक्षयकोषदाताका छोरी आमा समितिका कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङले पुरस्कृत गर्नुभएको थियो।यसैविच चिउली क्होइबो निर्माणका लागि समाजसेवी क्या.तेजबहादुर गुरुङले प्रदान गर्नुभएको १ लाख १० हजार ५५ रुपैया क्होइबो निर्माण समितिका अध्यक्ष बलबहादुर गुरुङ र कोषाध्यक्ष फिमबहादुर गुरुङलाई छोरी लोककुमारी गुरुङले हस्तान्तरण गर्नुभएको थियो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।