• पोखराको अस्पतालमा सुत्केरीको मृत्यु पछि तनाब

    July 26, 2019     6:13 pm

    पोखरा १० साउन । पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको हो
    सुत्केरी व्याथा लागे पछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साझँ बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि अत्याधि रक्तसाब्र भएको उनले बताए । उनले रक्तसाब्र भएपछि रगत नबक्ने औषधी गर्नु पर्ने थियो तर डाक्टरले औषधी नगरी अप्रेसन गरेका कारण दिदीको ज्यान गएको बताए ।नमल डेलिभरी भएपछि अत्याधि रक्तसाब्र भएपछि अस्तालले जनाएको छ ।

    ‘धेरै मात्रमा रगत बगेपछि हामीले पाठेघरको अप्रेसन ग¥यो,’ अस्पतालका एक डाक्टरले भने ‘अपे्रसन पछि पनि रगत बग्न नछाडेपछि उनको मृत्यु भयो ।’ निशाका आफ्न्त र गाउँहरुले अस्पतालमा राना बाजी सहित चिकित्सको लापरबाहीले निशाको ज्यान गएको बताएका छन् ।मृतक निसाका श्रीमान केही समय पहिले विदेश गएका छन् । उनका नौ बर्षिया छोरा छन् । घरमा दृश्टी बिहिन ससुरा रहेको आफ्न्तले बताएका छन् ।गन्थनडट कम को सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।