पोखरा, ८ साउन । मोडलिङमा रुचि राख्ने राधाकृष्ण बसौलाको पहिलो म्युजिक भिडियो ‘निस्ठुरीकै यादमा’ हो । उनले सोही गीतबाट नेपाली गीतसंगीतको क्षेत्रमा पाइला चालेका हुन् । पुस्तक प्रसादको आधुनिक गीतमा उनले सुस्मितासँग स्क्रिन सेयर गरेका हुन् । २०१६ मे ९ मा सार्वजानिक गरिएको भिडियोलाई म्युजिक नेपालको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।
पहिलो भिडियो आधुनिक गीतबाट गरेपनि उनको मोडलिङ प्रतिको मोह भने हटेको छैन् । यसपछि पनि उनले केही म्युजिक भिडियोमा सहायक भूमिका अभिनय गरेका छन् । ‘अभियनमा सानै देखि रुचि छ । त्यसको सोख केही म्युजिक भिडियो खेलेर पूरा गरेको छु,’ बसौला भन्छन् । उनको छिट्टै नयाँ म्युजिक भिडियो आउने तयारी रहेको सुनाए । ‘नयाँ भिडियोको लागि कुरा भइरहेको छ । तीज लगत्तै एउटा आसलाग्दो भिडियो गर्दैछु,’ उनले सुनाए ।