• सञ्चार सहकारीको छात्रवृत्ति वितरण

    March 17, 2019     2:06 pm

    पोखरा, ३ चैत । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । सिटी स्क्वायर बैंक्युट न्युरोडमा सञ्चालक समिति, लेखा समिति तथा अन्य १२ वटा उपसमिति समेतको संयुक्त बैठकसँगै सञ्चार गरिब तथा जेहन्दार छात्रबृत्ति वितरण गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।
    सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चार गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट नवीन मा. वि. गैरापाटनमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी नर बहादुर गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो । आगामी शैक्षिक शत्रको लागि उनलाई ५ हजार रुपैयाँ संस्थाका अध्यक्ष ढुंगानाले हस्तान्तरण गरे । संस्थालाई महत्वपूर्ण योगदान गर्ने ६ जना शेयर सदस्यलाई पनि सोही अवसरमा सम्मान गारियको थियो । सोही अवसरमा फÞेलोशिप कार्यक्रम पनि आयोजना भएको उनले बताए ।
    अध्यक्ष विनोद ढुंगानाको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रेम प्रसाद दाहाल, सचिव पवित्रराज तिवारी, कोषाध्यक्ष युवराज खनाल, लेखा समिति संयोजक रेशम खड्का, विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्नो भनाइ राखेका थिए ।
    पोखराको न्युरोडमा रहेको सहकारीको निक्षेप १३ करोड़ ७० लाख रुपैयाँ, शेयर पुँजी ४ करोड ५० लाख रुपैयाँ, ऋण लगानी १३ करोड ३५ लाख रुपैयाँ रहेको सचिव पवित्रराज तिवारीले जानकारी दिए । सहकारीमा २ सय २६ जना सेयर सदस्य छन् । कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीले एसएमएस बैंकिङ, सर्वशुलभ ब्याजदरमा छिटोछरितो कर्जा लगानी, बचतमा उच्चतम ब्याजदर, रेमिट्यान्स सुविधा लगायतका सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । ‘सेयर सदस्यहरुको हकहितमा विविध कार्यक्रम गर्दै आइरहेका छौं,’ उनले भने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।