जन्म समयका आधारमा पनि व्यक्तिको भविष्य र स्वभावबारे थाहा पाउन सकिन्छ। रातमा जन्मिने व्यक्ति र दिनमा जन्मिने व्यक्तिबिच धेरै अन्तर हुन्छ। ज्योतिष शास्त्रअनुसार रातमा जन्मिने व्यक्ति जोखिम उठाउन डराउदैनन् भने दिनमा जन्मिने व्यक्ति धेरै नै इमान्दार हुने गर्दछन।
दिनमा जन्मिने व्यक्तिको स्वभाव
दिनमा जन्मिने व्यक्ति रातमा जन्मिने व्यक्ति भन्दा कम साहसी हुने गर्दछन। त्यसकारण जोखिम उठाउन डराउने गर्दछन। जीवनसाथी प्रति इमान्दार रहन्छन साथै सबै सुखको ध्यान राख्ने गर्छन । दिनमा जन्मिने व्यक्ति आफ्नो कर्मको साथ साथै भाग्यमा पनि विश्वास गर्ने गर्दछन। घर-परिवार र समाजमा मान-सम्मान प्राप्त हुन्छ। रातमा जन्मिने व्यक्ति भन्दा यिनीहरुको रिस कम हुन्छन र चाडै शान्त पनि हुने गर्दछन। रातमा जन्मिने व्यक्ति अल्छी हुन्छन। तर दिनमा जन्मिने व्यक्ति कुनै पनि काम गर्न अल्छी मान्दैनन। हरेक काम इमान्दारीका साथ निभाउने गर्दछन। दिनमा जन्मिने व्यक्ति भावुक हुने गर्दछन। अरुको दुख देख्न सक्दैनन्। सकेको सहयोग तुरुन्त गरि हल्छन। भगवान प्रति विश्वास गर्ने खालका हुन्छन। उनीहरु शान्तिले काम गर्न रुचाउछन।
रातमा जन्मिने व्यक्ति
रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबूत हुन्छन। जसका कारण उनीहरुमा पैसाको कमि हुदैन। रातमा जन्मिने व्यक्तिको स्वभाव आलोचक खालका हुन्छन। त्यसैले जसको पनि आलोचना गर्न पछि पर्दैनन्। यी व्यक्तिहरु दिनमा जन्मिने व्यक्ति भन्दा आत्माविश्वास खालका हुन्छन। यसकारण सार्वजनिक स्थलमा बोल्न डराउदैनन्। यी व्यक्तिहरु कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन। यिनीहरु साहसी स्वभावका हुन्छन। त्यसैले उनीहरु जोखिम उठाउन डराउदैनन्। समस्यादेखि डराउदैनन् र तुरुन्त समस्याको हल गर्ने गर्दछन।