• ग्लोवल रिचको एजुकेशन फियर साउन १२ मा

    July 25, 2019     5:58 pm

    पोखरा साउन, ९ ।पोखराको न्यूरोडबाट विगत चार वर्षदेखी शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आईरहेको ग्लोवल रिचले दोस्रो पटक अस्टे«लियन एजुकेशन फेयरका विषयमा एक कार्यक्रमका विच पत्रकार सम्मेलनमा विद्यार्थीहरुका लागी शैक्षिक परार्मश दिने बताएको छ । पोखरा न्यूरोडमा रहेको ‘सिटी स्क्वायर पार्टी प्यालेसमा’ हुने शैक्षिक मेला साउन १२ गते आइतवार ११ वजेवाट ४ वाजेसम्म चल्नेछ । नवौँ संस्करणको ‘अस्टे«लियन एजुकेशन फेयर’ मा अस्टे«लियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुसँग विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले प्रत्यक्ष वान वाई वान आफ्ना प्रश्न तथा मनमा लागेको जिज्ञासा सोध्न र वुभ्न सक्ने व्यवस्था मिलाएको संस्थाका मार्केटिङ म्यानेजर सागर वावु गिरीले वताए ।

    मेलामा आउने विद्यार्थीहरुका लागि फ्रि एप्लिकेशन, छात्रवृति, निशुल्क आइईएलटिएस कुपन तथा विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको संस्थाका शाखा प्रवन्धक सरिता गुरुङले जानकारी दिए ।सोही मेलामा विभिन्न पाँचवटा वैंकहले विद्यार्थीलाई शैक्षिक कर्जाको विषयमा जानकारी दिने संस्थाका काउन्सिलर पद्यमा अधिकारीले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।