• वार्षिकउत्सवमा ओपन हाउसले विविध साँगीतिक कार्यक्रम गर्दै

    July 25, 2019     12:50 pm

    पोखरा ९ साउन । पोखराको चिप्लेढुंगामा विगत लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको ओपन हाउस रेष्ट्रो एण्ड लन्ज बारले आफ्नो ३१ औँ वार्षिकउत्सवको अवसरमा विविध साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।रेष्टुरेन्टले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन १० देखि ३२ गते सम्म वार्षिउत्सव कार्यक्रम रहने जानकारी गराएको हो । रेष्टुरेन्टका सञ्चालक सुरेश गुरुङले वार्षिकउत्सवका अवसरमा ओपन हाउसका संस्थापक विश्वशंकर पालिखेलाई सम्मान गरिने बताए ।उनका अनुसार हाउस ब्याण्डका साथमा हरेक शुक्रबार र शनिबार चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।

    जस्मा यहि साउन १० गते शुक्रबार प्रयत्न श्रेष्ठ, साउन ११ गते शनिबार निलिमा थापा मगर, साउन १७ गते शुत्रबार लेकाली ब्याण्ड, साउन १८ गते शनिबार बिक्रम बराल, साउन २४ गते शुक्रबार देउराली ब्याण्ड, साउन २५ गते शनिबार गौतम गुरुङ र ब्रोसिस ब्याण्डका गायक प्रकाश राना, साउन ३१ गते शुक्रबार ड्यामेज ग्लीटर्स ब्याण्ड र साउन ३२ गते शनिबार धर्मेन्द्र सेवान एण्ड ब्याण्डको प्रस्तुती रहनेछ ।साँगीतिक कार्यक्रम साँझ ७ः३० बजेबाट सुरु हुनेछ । वार्षिकउत्सवको अवसरमा ओपन हाउसले ग्राहकलाई १२ प्रतिशत सम्म खानाका परिकारमा छुटको व्यवस्था गरेको छ । विगत ४ वर्ष यतादेखि ओपन हाउसले ग्राहकले तिरेको बिलबाट रु २ रुपैया छुट्याएर समाजसेवामा खर्च गरेको गुरुङले जानकारी गराए । वि.सं २०४५ मा स्थापित ओपन हाउसका नियमित कलाकारमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनी रिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।