• तपाईलाई लिन यमराज कहिले आँउछन् ?

    July 24, 2019     11:16 pm

    मृत्य यस्तो शब्दको हो जसले सुन्ने मान्छेको कानमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस ।धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाँच्न र आफ्नो मृत्युको दिन जान्न अनेकौं तरिका अपनाउँछ। यहाँ विभिन्न हिन्दु धर्म ग्रन्थमा आधारित रहेर मानिसको मृत्यु र मृत्युको मितिको बारमा जानकारी संकलन गरिएको छ। हिन्दु धर्मग्रन्थहरुका अनुसार मर्नु भन्दा पहिले मानिसले विभिन्न संकेतहरु प्राप्त गर्दछ, ती संकेतलाई चिन्न सके मृत्यु आउन लागेको थाहा पाउन सकिन्छ। यहाँ केही मृत्यु अघिका संकेतहर प्रस्तुत गरिएको छ..

    –कोही मानिसको शरिर अचानक पहिलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु ६ महिना भित्र हुन्छ। -कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिस ६ महिना भन्दा बढि बाँच्न सक्दैन् । -एकै महिना भित्र मर्ने मानिसले आफ्नै छायाँ पनि छुट्टै देख्दछ भने कसैले आफ्नो छायाँमा टाउको देख्दैनन् । -यदि कुनै व्यक्तिले अचानक सवै तिर कालो देख्न थालेपनि सम्झनु पर्दछ,उक्त व्यक्तिको मृत्यु नजिक छ । -जब अचानक मानिसको बाँया हात लगातार एक हप्तासम्म फरफर्राउँछ, उक्त व्यक्तिको महिना दिन भित्रै मृत्यु हुन्छ। -यदि कुनै मानिसको मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने उक्त मानिस ६ महिना भित्र मर्ने संभावना हुन्छ ।

    -यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि ६ महिना भन्दा बढि बाँच्न सक्दैनन्। -कोही मानिसको जिब्रो अचानक फूलेमा पनि उक्त व्यक्ति ६ महिना भन्दा बाच्न सक्दैन । -यदि कोही मानिसले ध्रुब तारा देख्न छोडेमा पनि सो ब्यक्तिको ६ महिना भित्र मृत्यु हुन्छ । -कोही मानिसले निलो आकाश रातो देख्न थाल्यो र उसलाई वरिपरि काग र गिद्धले घेर्न थालेभने सो व्यक्तिको ६ महिना भित्र मृत्यु हुन्छ। (यो सामग्री विभिन्न हिन्दु धर्मग्रन्थबाट संकलन गरिएको हो। )

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।