• एनआईसी बै‍ँकमा खाता होटलमा छुट

    July 24, 2019     10:41 pm

    पोखरा, ८ साउन / एनआईसी एशिया बैंक लिमिटेडले पोखराका पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्ड सम्झौता गरेको छ । बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले सम्झौता गरिउको बैंकले जानकारी दिएको छ । सम्झौता पछि बैंकका ग्राहकले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट पाउने छन् ।

    सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् । त्यसै गरि पोखरा ६ लेकसाइडमा रहेको टीका रिसोर्ट सगँ पनि सम्झौता भएको छ । बैंकका ग्राहकलाई १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    देशभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।