• ‘ग्लोबल रिच’काे शैक्षिक मेला साउन १२ गते

    July 24, 2019     10:36 pm

    पोखरा, ८ साउन / शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको छ ।

    न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा यूनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थी तथा उनीहरुका अभिभावकहरुसँग भेटघाट गर्नेछन् । ‘वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुको पहिलो रोजाई अष्ट्रेलिया नै हो । र, हामीले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै उनीहरुलाई बढि भन्दा बढि जानकारी मिलोस् भन्ने हेतुले यो मेला गर्न लागेका हौँ ।’ ‘ग्लोबल रिच’ पोखराका ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङले भनिन् ।

    कम्पनीले पोखरामा वर्षेनी दुईवटा यस्ता प्रकृतिको मेलाको आयोजना गर्दै आएको छ । विगत ४ वर्ष यता पोखराबाट सेवा दिईरहेको ‘ग्लोबल रिच’ले गर्न लागेको शैक्षिक मेलाको यो नवौँ सँस्करण हो । ‘धेरै भन्दा धेरै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा मिलोस् र उनीहरुको भविष्य उज्यालो होस् भन्ने हाम्रो चाहना हो । हामी विद्यार्थीको भविष्यलाई लिएर निकै संवेदशिल छौँ ।’ ‘ग्लोबल रिच’ पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने–‘त्यसैले हामीले यस्तो मेलाको आयोजना गरेर विद्यार्थीहरुलाई थप सजिलो बनाउने प्रयास गरेका हौँ ।’

    मेलामा आउने विद्यार्थीहरुका लागि फ्रि एप्लिकेशन, छात्रवृत्ति, निशुल्क आइईएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सोही मेलामा विभिन्न ४ वटा बैंकहरुले विद्यार्थीहरुलाई शैक्षिक कर्जाको विषयमा जानकारी समेत दिनेछन् । ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई यो मेला विशेष प्याकेज हो । त्यसैले सकेसम्म यो मौका नछुटाउँदा राम्रो हुन्छ ।’ कम्पनीले भनेको छ ।

    ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । खासगरि अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगाएतका एसियन मुलुकहरुमा यो कम्पनी सक्रिय छ । १६ वर्ष अगाडि देखि काठमाण्डौबाट सेवा दिन शुरु गरेको कम्पनीको हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा संचालनमा रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।