• बाढीले लमजुङको लिवर्टी हाइड्रो पावर बगायो २ जनाको बाढीले बगाएर मृत्यु

    July 24, 2019     10:06 pm

    पोखरा ८ साउन । अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ ।जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

    ‘अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अरु केके भयो भन्ने विस्तृत जानकारी प्राप्त भइसकेको छैन,’ डीएसपी गुरुङले रातोपाटीसँग भने, ‘मसहित प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोली घट्नास्थल जाँदैछ । घटनास्थल पुग्न नै समस्या भइरहेको छ ।’ कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

    घट्नास्थल नजिक भनिएको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले घटनाबारे सबै विवरण आइनसकेको जनाए ।दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन छ ।यता, लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन छन् । त्यस्तै, हाइड्रोपावरको उपकरणहरु ठूलो क्षति पुगेको उनको भनाई छ ।सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।