• कोरियन भाषा परीक्षाको शुल्क तिर्न बैंकमा लाइन बस्नु नपर्ने, ई सेवाबाट पनि तिर्न सकिने

    March 16, 2019     6:22 pm

    फाइल फोटो

    पोखरेली न्युज २ चैत्र / कोरियन भाषा परीक्षाको शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको छ । यसअघि ग्लोबल आइएमई बैंकका शाखामै गएर तिर्नुपर्ने शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको हो ।

    बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको र जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम पनि फैलिएकाले यो वर्ष ई सेवाबाट पनि शुल्क तिर्न पाउने व्यवस्था गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले उज्यालोलाई जानकारी दिनुभयो ।

    परीक्षार्थीले २४ डलर बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिने उहाँले बताउनुभयो । यस्तै ग्लोबल बैंकको आइएमई पे बाट पनि शुल्क बुझाउन सकिनेछ । उज्यालो

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।