• हरितालिका तिजको मौलिकता हराउँदै, महिनौं देखी चल्ने भड्किलो शैलिलाई रोक्न प्रशासनमा ज्ञापन पत्र

    July 24, 2019     2:02 pm

    नवराज दाहाल / पोखरा, साउन ८। हरितालिका तीज पर्व सुरु हुन नपाउँदै महिनौँ दिन देखी पार्टी प्यालेस देखी होटल र रेष्टुरेन्टहरु खचाखच देखिन्छन, यसले समाज कतातिर जादैँछ भन्ने आँकलन जो कोहीले पनि गर्न सक्छ ।तिजमा माइतीघरका आफन्त तथा छिमेकी सै साथीसँग वर्षदिनसम्म छुट्टिदाँका पिडा, पारिवारिक वोझका कारण झेल्नुपरेका सास्ती आज दरका नाममा विस्की र कुखुराको सपेटोमा साटिएको त हैन !महिनौ देखी होटल र पाटीप्यालेसमा पैसा तिरेर खाएको दरले माईतीमा आमाले पकाएको वास्तविक दर खाने दिनको दरको महत्व समेत घट्दै गएको छ ।समाजमा हुने भड्किला शैलिलाई समयमै रोक्ने नसके तिजको मौलिकता हराउँदै जाने अवस्था वर्षै पिच्छे वढ्दै गएको खतराप्रति नारी जागरण अभियान पोखराका संयोजक अन्जु के.सी ले जिल्ला प्रशासन कार्यलय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको जानकारी दिइन् ।साथसाथै गण्डकी प्रदेशका सवै जिल्लाहरुमा ध्यानाकयर्षण गराउने वताइन् ।

    नारी जागरण अभियानले समाजमा विभिन्न खोले अभियानहरु आम नागरिकहरुमा लाने र सचेतना गराउँदै आएको र हाल समय सापेक्ष हरितालिका तिजमा आउँदै गरेको वृकृतिलाई समयमै रोक्न थालेको पहलीकदमी प्रति आफु सदैव यस अभियानमा हातेमालो गरी सफल वनाउन लागीपर्ने बताए ।सो ज्ञापनपत्र वुझाउने क्रममा समाजसेवी सशि तुलाचन लगायत विभिन्न नेतृत्व तहमा रहेका अभियान्ताहरुको समेत उपस्थिति रहेको थियो । उक्त ज्ञापनपत्र बुभ्दै प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले महिलाहरुको पर्व हरितालिका तिजमा आएका विकृति र विसंगतिलाई निरुत्साहित गर्न प्रशासन एककदम अगाडी रहने वताउँदै समाजमा आउने यस्ता प्रवृतिलाई रोक्न सवैको साथ र सहयोग भएमा काम गर्न थप सहज हुने वताए ।

    प्रशासनमा वुझाईएको उक्त ज्ञापनपत्रमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व हाम्रो घरआगँनमा आइसकेको छ । विशेष गरी हिन्दु नारीहरुले मनाउने यो पर्वका आफ्नै विशेष मौलिकताहरु छन् । भाद्र शुक्ल द्धितिया देखि पञ्चमी ४ दिन सम्म भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गरेर मनाइने यो पर्वमा हाल देखिएका समस्याहरु र भोली आउन सक्ने विकराल अवस्थाहरुको वेलैमा रोकथाम गर्नका लागी र यस ऐतिहासिक पर्वको धार्मिक सांस्कृतिक पक्षलाई जोगाउनका लागी सम्वद्ध पक्षहरुले ध्यान पु¥याउनु पर्ने वेला आएको छ ।चाडपर्व भड्किलो र खर्चिलो गरि मनाउँदा यसवाट उत्तपन्न हुनसक्ने समस्याहरु वारे सर्वसाधरण सचेतना जागृति गर्ने कार्यक्रम सञ्चालन गर्नका साथै नियम वर्खिलाप भै दम्भी र आडम्वरी तरिकाले चाडपर्व मनाइ सामाजिक सद्भाव खल्वलाउनेहरुलाई प्रचलित कानुन बमोजिम कारवार्ही होस्र भनी बिज्ञप्ती मार्फत ध्यानकर्षण गराएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।