• वर्षाले भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक सबै आन्तरिक विमानस्थल बन्द

    July 24, 2019     1:21 pm

    काठमाडौं ८ साउन ।वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ। काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन्।अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्।

    विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक सबै विमानस्थल बन्द भएका छन्। लगातारको ठूलो वर्षाका कारण भिजिबिलिटी कमजोर भएको छ। कतिपय विमानस्थलका धावनमार्गमा पानी जम्न थालेको छ।पूर्वनिर्धारित उडानका लागि भन्दै विमानस्थल पुगेका यात्रुहरु लामो समयदेखि पर्खाइमा रहेका छन्।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।