• मनसुनी बर्षा पुन सक्रिय, देशका विभिन्न स्थानमा भारी बर्षा हुने

    July 24, 2019     12:57 pm

    काठमाडौं ८ साउन ।मनसुनी वर्षा पुनः सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ ।

    बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ ।जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।जल सतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।