• काठमाडौंमा चल्नेछन विजुली बस

    July 24, 2019     12:02 am

    ७ साउन, काठमाडौं । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म विजुली बस भित्र्याउने भएकाे छ । उसले चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ ।

    कम्पनीले यसअघि ७ वटा बस नेपाल ल्याउन कम्पनीसँग समझदारी गरिसकेको थियो । त्यसमध्ये २ वटा बस नेपालका लागि हिँडिसकेको छ । तत्कालै २५ वटा विजुली बस ल्याउने योजनामा कम्पनी छ । ट्रली बसपछि काठमाडौंमा पहिलोपटक साझाले सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन रिंगरोड लगायतका सडकमा रुट मागेको छ । यो बस एक करोड ६२ लाख मूल्यको हो ।
    सरकारले साझामार्फत विद्युतीय बस ल्याउनुभन्दा अगाडि नै सुन्दर यातायातले काठमाडौंमा आफ्नै बस गुडाइसक्ने लक्ष्य लिएको छ । थापा नेपालमा विद्युतीय बसकको युग सुरुआत गर्न आफूहरु आतुर रहेको बताउँछन् । सुन्दरले विद्युतीय बस चलाएर हासिल गर्ने अनुभव सरकार र अन्य यातायात कम्पनीका लागि पनि उपयोगी हुने थापाको विश्वास छ । अबको एक महिनापछि सुन्दरका थप विद्युतीय बसहरु धमाधम काठमाडौं आइपुग्न थाल्नेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।