• गुल्मीको पहिरोमा पुरिएर ११ जनाको मृत्यु

    July 23, 2019     11:44 pm

    ७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ । लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    लिम्घामा मृत्यु भएका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ । वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ । पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

    ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेकोे छ । पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सत्यवति-४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु रहेको प्हरीले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा डाक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    २०० सय घर जोखिममा: पहिरोका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताए । घरहरु जोखिममा रहेकाले स्थानीय विद्यालयमा बसिरहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित हुँदै उनीहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ । प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्यसहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा बढी समय लाग्छ । -अनलाइनखवर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।