पोखरेली न्युज २ चैत्र / कास्की जिल्ला तेक्वान्दो संघको ११औ साधारण सभा पोखरामा आज सम्पन भएको छ ।
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङले सो सभाको उद्धाटन गदै पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्ने भौतीक पुर्वाधारहरुको बिकास भई रहेको वताए ।
पोखरा रंगशालामा खेलकुदका लागी चाहिने आवश्यक भौतीक पुर्वाधार बन्दै गएको वताए ,। अध्यक्ष गुरुङले तेक्वान्दो संघलाई आवश्यक पर्ने जग्गा रंगशाला भित्र उपल्वध गराउन पहल गर्ने वताए । उनले खेलाडीलाई राज्यले उचित सेवा दिन नसकेको स्वीकार गरे ।
त्यसै गरी संस्थाका अध्यक्ष जगन गुरुङले पोखरामा अन्र्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगीता र तेक्वान्दो फेस्टीवल गर्ने सोच भएकोले समग्र पोख्रेलीको सहयोगको अपेक्षा गरे ।
कार्यक्रमा तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेले खेलकुदको विकासका लागि विद्यालय तहदेखिनै खेलकुदका गतिविधीहरुलाई बढाउनुपर्ने बताउनुभयो ।