• पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै

    July 23, 2019     8:00 pm

    पोखरा ७ साउन।पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको छ ।

    पोखरा आएका कलाकारहरु यतिबेला रिर्हसलमा ब्यस्त छन् ।महाकवि लक्ष्मिप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनमा आधारित यो नाटकमा सरु कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल र आशुतोष कोइरालाको अभिनय रहनेछ । नाटकको निर्देशन सविन कट्टेलले गर्दैछन् । नाटकको नाट्य रुपान्तरण कटुवाल दिपकले गरेका हुन् । विवेक आचार्य र नगेन्द्र खड्काले व्यवस्थापकको जिम्मा पाएका छन् ।

    हरेक साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त सो मार्फत दिउँसो १ बजे र बुकिङ सो मार्फत थप मञ्चन हुनेछ । विराटनगरको विराट आदर्श साहित्यिक मञ्च नाटक मञ्चनका लागि पहिलोपटक पोखरा आएको हो । नाटक हेर्न तीन सय र पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा दुई सय रुपैयाँ शुल्क लाग्नेछ । पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको नाटकका निर्देशक सविन कट्टेलले बताए । यसअघि यो नाटक विराटनगर र काठमाण्डौमा मञ्चन भइसकेको विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दिपककले जनाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।